१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौंको, तापक्रम शून्य दशमलव ५ मा झर्‍यो

sarusaru
२३ पुष २०७४, आईतवार ०२:३९

काठमाडौं । काठमाडौँमा आज यो वर्षकै चिसो छ। आइतबार बिहानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसअघि शुक्रबार एक दशमलव ५ डिग्री र शनिबार एक दशमलव ६ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम आइतबार शुन्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको हो।

पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मु काश्मिर हुँदै हिमाल माथिबाट आएको हावाले चिसो बढेको मौसमविद्ले बताएका छन्।

गत वर्ष माघ १ गते न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको काठमाडौंको न्यूनतम तापक्रम २०३४ साल पुस २७ गते अहिलेसम्म कै कम माइनस ३ दशमलव ५ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाको रेकर्डले देखाएको छ।

सबै भन्दा चिसो रहेको जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव २, जोमसोमको माइनस ४ दशमलव ७ र जीरीको माइनस् ३ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ।

– डिसी नेपालबाट ।