८ बैशाख २०८१, शनिबार
Follow Us

पुरुष भलिबलको उपाधि छन्त्याल कन्ट्रक्सनलाई, फाईनलमा पश्चिमाञ्चल पराजित

sarusaru
२३ पुष २०७४, आईतवार ०३:५९

बागलुङमा पाँचौं बागलुङ महोत्सवको मुख्य आकर्षण मध्य रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि छन्त्याल कन्ट्रक्सनले जितेको छ ।
शनिबार भएको फाईनल खेलमा पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ कास्कीलाई ३–० को सोझो सेटमा हराउँदै छन्त्यालले उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा छन्त्याल कन्ट्रक्सनले पश्चिमाञ्च क्षेत्रिय भलिबल संघलाई तिन सेट लगातार २५–२१, २७–२५ र २५–२१ मा पराजित गरेको थियो । प्रतियोगितामा एक खेल पनि नहारेको पश्चिमाञ्चलले फाईनलमा पराजित हुँदा निराश बनेको थियो ।

उपाधि जितेको छन्त्यालले ट्रफि सहित नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त ग¥योभने उपविजेतामा चित्त बुझाएको पश्चिमाञ्चलले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो । छन्त्याललाई फाईनल जिताउन उत्कृष्ट खेल प्रस्तुत गरेका स्पाईकर अनिल थापा उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगितामा नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा तृतीय भएको छ । शनिबार तृतीय स्थानको लागि भएको प्रतियोगितामा २३ नम्बर बाहिनी अड्डाले गल्कोट नगरपालिकालाई ३–०को सोझो सेटमा पराजित ग¥यो ।
२३ नम्बर बाहिनीले गल्कोट नगरपालिकालाई २५–२२, २५–१६ र २५–२३ ले तीनै सेट आफ्नो पोल्टामा पा¥यो । तृतीय भएको बाहिनीले ट्रफि सहित नगद २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो । उद्योग बाणिज्य संघ बागलुङको आयोजनामा पुस १४ देखि सुरु भएको महोत्सव २३ गतेसम्म संचालन हुनेछ ।