४ बैशाख २०८१, मंगलवार
Follow Us

साउदीका ११ जना राजकुमार पक्राउ

नेपालब्रिटेन डट कम्
२३ पुष २०७४, आईतवार ०४:००

रियाद । सरकारले उपलब्ध गराउँदै आएको बिजुली र पानीको सुविधा कटौती गर्ने घोषणा गरेपछि साउदी अरबका राजपरिवार यसको विरोधमा उत्रिएका छन् । साउदी सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका साउदी अरबका ११ जना राजकुमारलाई सरकारले पक्राउ गरेको छ ।
आफूहरुलाई उपलब्ध गराउँदै आएको सुविधा खोस्न खोजेको भन्दै उनीहरुले राजधानी रियादमा सरकार विरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले आफ्ना आफन्तलाई दिने भनिएको मृत्युदण्डको सजायको निर्णय उल्टाउनुपर्ने मागसमेत गरेका छन् ।
यता साउदी सरकारले भने देशमा छाएको आर्थिक मन्दीका कारण सुविधा कटौती गर्ने निर्णय गरेको जनाएको छ । पक्राउ परेकामाथि सर्वसाधारणको दैनिकी प्रभाव पार्ने गरी प्रदर्शन गरिएको भन्दै मुद्दा दायर गर्ने तयारी गरेको सरकारले जनाएको बीबीसीले उल्लेख गरेको छ ।