१५ चैत्र २०८०, बिहीबार
Follow Us

आज दोस्रो दिन पनि रुपन्देही बन्द

नेपालब्रिटेन डट कम्
२३ पुष २०७४, आईतवार ०५:४०

बुटवल । व्यवसायी हत्याको विरोधमा आज दोस्रो दिनपनि रुपन्देही बन्द छ । व्यवसायी बसन्त पौडेलको शुक्रवार भएको हत्याको विरोधमा एमाले निकट युवा संघ तथा अनेरास्ववीयुले बन्द गराएका हुन ।

हत्यामा संलग्नलाई पक्राउ नगर्दासम्म बन्द जारी राख्ने आन्दोलनकारीले बताएका छन् । बन्दकर्ताले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग राखेर प्रदर्शन जारी राखेका छन ।

बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित छ । पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्ग दुई दिनदेखि ठप्प छ । बजार पसल तथा औद्योगिक प्रतिष्ठान समेत ठप्प छन् । बन्दमा राजनीतिक दल र ब्यवसायिक प्रतिस्ठानको समर्थन छ ।

मृतकका परिवारले दोषिलाई पक्राउ नगरेरसम्म शव नबुझ्ने अडान राखेका छन् । पौडेलको शव लुम्बिनी अञ्चल अस्पताल बुटवलमै छ । व्यवसायी पौडेलको शुक्रबार देवदह २ ढेकाबारमा गोली हानी हत्या भएको थियो ।