११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन यूकेले संघसँस्थाको भेला ११ सेप्टेम्बरमा गर्ने

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७३, मंगलवार २१:३४

लन्डन । गैरआवासीय नेपाली सँघ यूकेको नियमित बैठक सम्पन्न भएको छ । आइतबार प्लमस्टेड स्थित चौतारी रेस्टुरेण्ट बसेको बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकको प्रारम्भमा एनआरएनए यूकेको महिला फोरमले गत मार्च ५ तारिखका दिन अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरेको च्यारिटी डिनरबाट संकलित आठहजार आठसय अठासी पाउण्ड सर्लाही जिल्लाको हरिवन २ घुर्कौलीमा चेतना सन्देश समुहद्धारा संचालित द्धन्दपिडित अनाथ बालबालिकाहरुको सहयोगार्थ प्रदान गरिन गईरहेको कुरा महिला संयोजक सुशिला राईले बैठकलाई अवगत गराइन ।

बैठकमा आगामी सेप्टेम्बर ११ तारिखका दिन अल्डर्सटको किङस सेन्टरमा आयोजना हुने काउन्सिल बैठकलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने भन्ने बिषयमा गहन छलफल भयो । बैठकले काउन्सिल बैठकको तयारीको संयोजनको जिम्मा उपाध्यक्ष दासुराम पाण्डेलाई दिएको छ । बेलायतमा रहेको सबै संघसंस्थाहरुलाई बिधान बमोजिम दुई जना प्रतिनिधिहरु उक्त सभामा पठाइदिन आग्रहका साथ पत्र पठाउनका निम्ति कार्यसमितिका सदस्यहरुलाई जिम्मेवारी तोकेको छ ।

बैठकमा एनआरएनए यूकेको “एक कार्यकाल एक परियोजना” अन्तर्गत शुरु गरिएको सिरिसे स्कुल पुनर्निमाण तथा माध्यमिक कक्षा सञ्चालन अभियानका संयोजक खुशी लिम्बूले निर्माण योजनका लागि आजसम्म भएका प्रगतिहरुको बिबरण पेश गरे । त्यस्तै उक्त परियोजनाका प्राबिधिक टिमका सदस्य इन्जिनियर श्याम थापाले सिरिसे स्कूल पुनर्निमाण परियोजना प्रक्रियामा आइपर्न सक्ने बिभिन्न कानूनी र प्राबिधिक बिषयहरुमा आफ्नो प्रस्तुति दिए । उक्त नियम र प्रक्रियाहरु पुरा गर्न परियोजनाका संयोजक एवं प्रवक्ता खुशी लिम्बू चाँडै नेपाल जाने भएका छन् ।

बैठकमा छलफलको क्रममा उठेका बिभिन्न जिज्ञासाहरुको जवाफ अध्यक्ष मुछेत्र गुरुङले दिएका थिए । अध्यक्ष मुछेत्र गुरुङको सभापतित्व र महासचिब बिजय बिक्रम लिम्बूको सञ्चालन गरेको उक्त बैठकमा पूर्व अध्यक्ष महेन्द्र कँडेल, सल्लाहकार गणेश इजम लगायत कार्यसमितिका धेरैजसो सदस्यहरु उपस्थित थिए ।

त्यस्तैगरी बैठकले आगामी सेप्टेम्बर २४ को दिन आयोजना गरिएको सिरिसे स्कूल च्यारिटी डिनर कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न कार्यसमितिका सदस्यहरुबीच जिम्मेवारीहरु बाँडफाँड गर्यो । जसका लागि उपाध्यक्ष योग कुमार फगामीलाई च्यारिटी डिनर कार्यक्रमको संयोजनको जिम्मा दिइएको छ भने च्यारिटी बिभागका संयोजक सनत गुरुङको नेतृत्वमा एक टोली आगामी अगस्ट २९ को नेपाली मेलामा टिकट बिक्रीका लागि जाने भएको छ । टिकट बिक्री स्टलका निम्ति नेपाली मेलाका आयोजक तमुधी यूकेसित बुक भइसकेको कुरा संयोजक गुरुङले बैठकलाई जानकारी दिए । बैठकले च्यारिटी डिनर साँझको निम्ति साँस्कृतिक कार्यक्रमको संयोजनको जिम्मा कार्यकारिणी सदस्य मञ्जू भण्डारीलाई दियो ।
2
हंङकङका नेपालीहरुबाट यस अगावै करिब दश लाख रुपैयाँ जम्मा भइसकेको अवस्थामा एनआरएनए यूकेले कम्तिमा अरु तीस लाख संकलन गरी न्युनतम चालिस लाखमा परियोजना पुरा गर्ने लक्ष राखेको छ ।
बैठकले न्युनतम १०१ पाउण्ड वा त्योभन्दा बढी सहयोग गर्ने दाताहरुलाई प्रायोजकको रुपमा च्यारिटी डिनरमा निशुल्क प्रवेशका साथ बिशेष सम्मान गरिने र बिद्यालय भवनको शिलालेखमा सम्बन्धित ब्यक्ति र संघसंस्थाहरुको नाम उल्लेख गर्ने निर्णय गर्यो । त्यस्तैगरी एक लाख रुपैयाँसम्म प्रदान गर्ने दातालाई बिद्यालय भवनको संरक्षकको रुपमा र न्युनतम तीन लाख रुपैयाँ वा त्योभन्दा बढी सहयोग रकम प्रदान गर्ने दाताको नाम प्रमुख संरक्षकको रुपमा बिद्यालय ब्यवस्थापन समिति र थर्पू गाउँवासीहरु समक्ष नाम प्रस्ताव गरिने निर्णय गर्यो । बैठकले बिद्यालय भवन पुनर्निर्माणको लागि न्युनतम पाँच लाख रुपैयाँ वा त्योभन्दा बढी रकम उपलब्ध गराउनेलाई उक्त ब्यक्तिको नामबाट भवन नामाकरण गरिने निर्णय पनि गर्यो ।

सिलसिलामा बैठकले नेपाल हाउस यूके र सिरिसे स्कुल भवन दुबै परियोजनाहरुको प्राविधिक पक्षको जिम्मेवारी वहन गरिरहेका एनआरएनए यूकेको कार्यकारिणी सदस्य इ. राजेश पाठकले उप्रान्त एनआरएनए यूकेले गर्ने यस्ता महत्वपूर्ण योजनाहरुमा आफू सम्वद्ध सोसायटी अफ नेप्लिज इन्जिनियर्सलाई एनआरएनए यूकेको प्राविधिक साझेदारको रुपमा राख्न सकिने भनी राखेको प्रस्तावलाई बैठकले पारित गर्यो । जस अनुसार एनआरएनए यूकेको प्राविधिक टोलीमा सोसायटी अफ नेप्लिज इन्जिनियर्सको कार्यकारी अध्यक्ष पदेन सदस्य रहनेछन् ।

आगामी सेप्टेम्बर ११ तारिखका दिन अल्डर्सटको किङस सेन्टरमा आयोजना हुने काउन्सिल बैठकलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने भन्ने बिषयमा गहन छलफल भयो । बैठकले काउन्सिल बैठकको तयारीको संयोजनको जिम्मा उपाध्यक्ष दासुराम पाण्डेलाई दिएको छ । बेलायतमा रहेको सबै संघसंस्थाहरुलाई बिधान बमोजिम दुई जना प्रतिनिधिहरु उक्त सभामा पठाइदिन आग्रहका साथ पत्र पठाउनका निम्ति कार्यसमितिका सदस्यहरुलाई जिम्मेवारी तोकेको छ ।

बैठक समापन गर्ने क्रममा अध्यक्ष मुछेत्र गुरुङले यहि अगस्ट महिनाको २७ र २८ मा सम्पन्न हुन गइरहेको एनआरएनए अमेरिका क्षेत्रीय सम्मेलनमा बेलायतबाट जतिसक्दो धेरै सदस्यहरु उपस्थित भई उक्त सम्मेलनलाई सफल पार्न सम्बन्धि सबैलाई सहयोगको अपिल गर्नुभएको छ ।