७ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वराजा ज्ञानेन्द्र सुर्खेतबाट सिधै लखनउ जाने

नेपालब्रिटेन डट कम्
२३ पुष २०७४, आईतवार ०५:४९

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला नेपालगन्जमा छन् । पुस १३ गते नेपालगञ्ज आएका पूर्वराजाले यो बीचमा बर्दिया, दाङ र कैलालीको भ्रमण गरिसकेका छन् । शनिबार नेपालगञ्जस्थित प्रसिद्व शक्तिपीठ बागेश्वरी मन्दिरमा पूजाआजा गर्न पुगेका पूर्वराजाका समर्थकहरुले जय जयकार गरे ।
पश्चिम तराईको भ्रमणका लागि नेपालगञ्ज पुगेका पूर्वराजा शाहले हिजो शनिबार बागेश्वरी मन्दिरमा पूजाआजा गरे । पूर्वरानी कोमल शाहसहित मन्दिर पुगेका पूर्वराजा शाहले करिब २० मिनेट पूजाआजा गरेका थिए । उनीहरुलाई राजावादीहरुले मन्दिर परिसरमा भव्य स्वागतसमेत गरेका थिए ।
शनिबार दिन सुनसानजस्तै रहेको बागेश्वरी मन्दिरमा राजाको प्रवेश हुने थाहा पाउने बित्तिकै मान्छेको भीड लागेको थियो । पूर्वराजाको सुर्खेत पनि जाने कार्यक्रम छ । त्यसपछि भारतको लखनउ जाने बताइएको छ ।