१२ बैशाख २०८१, बुधबार
Follow Us

‘प्याब्सन’ पूर्वअध्यक्ष एवं पूर्वसांसद डा. बाबुराम पोखरेलको निधन

नेपालब्रिटेन डट कम्
२३ पुष २०७४, आईतवार ०७:३३

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन ‘प्याब्सन’का पूर्व अध्यक्ष एवं पूर्व सांसद डाक्टर बाबुराम पोखरेलको ६७ बर्षको उमेरमा निधन भएको छ । ललितपुर धोबिघाटस्थत निवासमै रहेको समयमा असजिलो महशुष भएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा आज विहान साढे छ बजे उनको वाटोमा नै मृत्यु भएको हो । पोखरेल लामो समयदेखि स्वासप्रस्वास सम्वन्धी समस्यावाट पीडित थिए ।
केही समय अघि सिंगापुरबाट उपचार गराएर फर्केका पोखरेलमा मुटुको पनि समस्या थियो । पोखरेलको शव नर्भिक अस्पतालमा राखिएको छ । अमेरिकामा रहेका जेठा छोरा आएपछि मंगलबार मात्रै उनको अन्त्येष्टि गरिने बताइएको छ । पोखरेलका २ छोरा र एक श्रीमती छन् । काठमाडौं वानेश्वरस्थित भिएस निकेतन विद्यालयका संस्थापक पोखरेलको जन्म २०११ सालमा गोरखामा भएको थियो । पोखरेल दोस्रो संबिधान सभामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट समानुपातिक सांसद बनेका थिए ।