१५ चैत्र २०८०, बिहीबार
Follow Us

सप्तरीमा शित लहरले मृत्यु हुनेको संख्या ७ पुग्यो

नेपालब्रिटेन डट कम्
२३ पुष २०७४, आईतवार ०७:३६

राजविराज । एक सातादेखिको शीतलहरका कारण सप्तरीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । चिसोले शनिवार थप एक जनाको ज्यान गएपछि मर्नेको संख्या ७ पुगेको हो । तिलाठि कोईलाडि गाउँपालिका २ लौनियाँका ५५ वर्षिय सुजान ठाकुरको शुक्रवार राति चिसोका कारण मृत्यु भएको हो । खाना खाएर राती सुतेका उनी विहान नउठेपछि हेर्न जाँदा ओछ्यानमै मृत फेला परेको छिमेकी तथा उमेश्वर राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक प्रदिप मण्डलले जानकारी दिए ।
यसअघि महादेवा गाँउपालिका २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षिया नाजो बेगम र १० का ६५ वर्षिया कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको थियो । यता निरन्तरको चिसोले सप्तरीका सरकारी तथा निजी अस्पतालहरुमा विरामीको संख्या बढेको छ । न्यानो लुगा र सिरक डस्नाहरुको विक्रि समेत बढेको छ ।