१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्माण सामाग्रीको मुल्य एक्कासी बृद्धि गरिएकोमा महासंघको आपत्ति

नेपालब्रिटेन डट कम्
२३ पुष २०७४, आईतवार १२:५८

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन बिपरित निर्माण सामग्रीमा मूल्यवृद्धि गरिएको भन्दै आपत्ती जनाएको छ । महासंघले आईतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक खरिद ऐन बिपरित स्टील र सिमेन्टको मूल्यबृद्धि गरिएको भन्दै ऐनमा उल्लेख मुल्य समायोजनाको व्यबस्थालाई कडाईका साथलागू गर्न माग गरेको हो । विना जानकारी निर्माण सामग्रीमा ९ देखि साँढे १२ प्रतिशतसम्म मूल्य वृद्धि गरेर व्यवसायीहरुलाई मारमा परेको महासंघको भनाई छ । महासंघले भारत तथाअन्य देशहरुबाट निर्माण सामग्रीहरु आयात गर्न र सोको भन्सार छुटको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । महासंघले राज्यबाट संचालित भई सम्पन्न भईसकेका परियोजनाहरुको निर्माण कार्यवापतको भुक्तानी तत्काल गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । निर्माण कार्यवापतको रकम भुक्तानी गर्न सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको गुनासो पनि महासंघले गरेको छ ।