१२ बैशाख २०८१, बुधबार
Follow Us

पूर्व राजा ज्ञानेन्द्र चार दिने लखनउ भ्रमणमा

नेपालब्रिटेन डट कम्
२३ पुष २०७४, आईतवार १३:००

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आजवाट भारतको लखनउ भ्रमणका निस्केका छन् । पूर्व राजा परिवारका सदस्य सहित आज विहान बाँकेको जमुनाह नाका हुँदै लखनउ प्रस्थान गरेका हुन । उनको साथमा पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा शाही र उनका पति मोहन शाही घुमफिरका लागि लखनऊ गएको उनको नीजि सचिवालयले जानकारी दिएको छ । निजी भ्रमण भनिए पनि पूर्व राजाको भ्रमणका क्रममा राजनीतिक भेटघाट हुन सक्ने अनुमान गरिएको छ । उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेटघाट गर्ने अनुमान गरिएको छ । पूर्वराजा २७ गते मात्रै नेपालगञ्ज फर्किने कार्यक्रम रहेको छ ।