१३ बैशाख २०८१, बिहीबार
Follow Us

अध्यक्ष ओली थाइल्याण्ड जानुअघि नै एकता संयोजक समितिको बैठक बस्ने

नेपालब्रिटेन डट कम्
२३ पुष २०७४, आईतवार १३:०६

काठमाडौं । लामो समयदेखि बस्न नसकेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समिति बैठक पुनः स्थगित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मौसम प्रतिकुलताका कारण समयमै काठमाडौं आइपुग्न नसकेका कारण बैठक स्थगित भएको हो ।

गृह जिल्ला चितवनमा रहनु भएका माओवादी अध्यक्ष दाहाल आज समयमै काठमाडौं आउने र एकता संयोजन समितिको बैठक बस्ने तय भएको थियो । तराई क्षेत्रमा चिसो बढेसँगै बाक्लो हुस्सु लागेपछि हवाइ उडान अवरुद्ध हुँदा अध्यक्ष दाहाल काठमडौं आउन नसक्नु भएको हो । यद्यपि, दाहाल सडक मार्गहुँदै काठमाडौं आउँदै हुनुहुन्छ । अध्यक्ष दाहाल काठमाडौं आएपछि दुई अध्यक्षबीच कुराकानी भएर मात्र एकता संयोजन समितिको बैठक बस्ने एमाले अध्यक्ष ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिनु भयो ।

एकता संयोजन समितिको बैठक बस्न नसक्दा एमाले–माओवादी एकता प्रकृया पनि झनै पछि धकेलिएको छ । यसैबीच, एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य जाँचका लागि माघ २६ गते थाइल्यान्ड जाँदै हुनुहुन्छ । त्यसैले, अध्यक्ष ओली थाइल्याण्ड जानु अघि नै एकता संयोजक समितिको बैठक बस्ने बताइएको छ ।