८ बैशाख २०८१, शनिबार
Follow Us

प्रदेश प्रमुखको सिफारिस सोमबारको मन्त्रिपरिषदले नगर्ने

नेपालब्रिटेन डट कम्
२३ पुष २०७४, आईतवार १३:२८

काठमाडौं । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको सिफारिस नगर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्ने र प्रदेशसभा सदस्यको सपथ गर्ने स्थान टुंगो लगाउने चर्चाले व्यापकता पाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा सरकारले प्रदेश प्रमुखको सिफारिस अर्को मन्त्रिपरिषद्को बैठकका लागि सारेको बुझिएको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखका लागि सातजना प्रतिष्ठित व्यक्तिहरूको नाम सिफारिस तयारी गरेको थियो ।
सरकारले माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, पूर्वप्रधानसेनापति रुक्मागद कटवाल, पूर्वउपकूलपतिद्वय डा. सुरेशराज शर्मा र केदारभक्त माथेमा तथा पूर्वमुख्यसचिव विमल कोइराला र पूर्वसचिव जयराम गिरीको नाम सिफारिस गर्ने तयारी गरेको थियो ।
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालको आग्रहमा प्रदेश प्रमुखको नाम सिफारिस गर्न रोकिएकाले अब यिनै नाम थपघट हुने बताइन्छ ।