७ बैशाख २०८१, शुक्रबार
Follow Us

सप्तरी र रौतहटमा मात्रै चिसोले १९ को मृत्यु

नेपालब्रिटेन डट कम्
२४ पुष २०७४, सोमबार ०४:१६

काठमाडौं । चिसोले मुलुकभरको जनजीवन कष्टकर भएको छ । चिसो अझै बढ्दै जाने बताइएको छ । अत्यधिक चिसोले अहिलेसम्म सप्तरी र रौतहटमा मात्रै १९ जनाको मृत्यु भएको छ । चिसोले सप्तरीमा १४ र रौतहटमा ५ जनाको मृत्यु भएको हो ।
यस्तै, जाडोबाट जोगिन आगो ताप्ने क्रममा जलेर धनुषामा २ र बर्दियामा एक महिलाको मृत्यु भएको छ । आगो ताप्दै गरेका बेला मिथिलावारी नगरपालिका ७ की ४० वर्षिया गीतादेवी दास र कमला नगरपालिका ९ की ५५ वर्षीया श्यामादेवी मण्डलको मुत्यु भएको हो ।
बर्दियामा आगो तापिरहेकी ६० वर्षीया सरोजपरी नेपालीको मृत्यु भएको हो । चिसोले भाइरल ज्वरो र कोल्ड डायरियाका विरामी समेत बढेका छन् ।
तराईमा लागिरहेको बाक्लो हुस्सु हट्न अझै केही दिन लाग्ने भएको छ । केही दिनअघिको तुलनामा बाक्लो हुस्सु लाग्ने क्रम कम हुँदै गए पनि पूर्ण रुपमा हट्न समय लाग्ने भएको हो ।
डिसेम्बरको अन्तिमदेखि जनवरीको अन्तिम हप्तासम्म शीतलहर हुने समय भएकाले अझै केही दिन बाक्लो हुस्सु लाग्ने मौसमविद वरुण पौडेलले बताउनुभयो ।
अहिलेको हुस्सु हट्न कि त, पानी पर्नुपर्ने कि, तीब्र गतिले हावा चल्नुपर्ने भए पनि हप्तादिनको बिचमा हावा चल्ने वा पानी पर्ने कुनै सम्भावना नरहेको उहाँले बताउनुभयो ।
बिहानको समयमा बाक्लो हुस्सु लागेपनि दिउँसो पख खुल्ने जाने तर चिसो भने नहट्ने मौसमविदले अनुमान गरेका छन् ।