१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लन्डन दूतावासमा डंगोलको विदाई

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७३, मंगलवार २१:५८

लन्डन । आफ्नो कार्यकाल पुरा गरि नेपाल फर्किन लागेका नेपाली दूतावास लन्डनका थर्डसेक्रेटरी बाबुकाजी डंगोललाई विदाई गरिएको छ । नेपाली दूतावास लन्डनद्धारा मंगलवार दूतावास भवनमा आयोजित एक कार्यक्रमका बीच डंगोललाई विदाई गरिएको हो । विदाई कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत शरदराज आरनले डंगोलले आफ्नो कार्यकाल निकै सफलताका साथ सम्पन्न गरेको चर्चा गर्दै आगामी दिनको सफलताको लागि शुभकामना दिए । कार्यक्रममा नेपाली दूतावास लन्डनमा कार्यरत कर्मचारीको उपस्थिती थियो । डंगोल आफ्नो ४ बर्षे कार्यकाल सकेर यसैसाता नेपाल प्रस्थान गर्ने भएका छन् । उनले लन्डनस्थित नेपाली दूतावासमा कार्यरत हुदाँ एमआरपी (मेसिन रिडेवल पासपोट) को ब्यवस्थापनमा महत्वपूर्ण काम गरेर चर्चा कमाएका थिए । डंगोल नेपाल फर्किए पछि उनको कार्य समाल्न भुपेन्द्र प्रसाद घिमिरे लन्डन आइपुगेका छन् ।


फोटो – नेपाली दूतावास लन्डन