६ बैशाख २०८१, बिहीबार
Follow Us

पार्टी एकताका लागि कार्यदल बन्ने

नेपालब्रिटेन डट कम्
२४ पुष २०७४, सोमबार ०४:२६

काठमाडौं । एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकताका लागि वैचारिक– राजनीतिक र सांगठानिक सहमति खोज्न संयुक्त कार्यदल बनाउन सहमत भएका छन् । यस्तो कार्यदल भोलि बस्ने एकता संयोजन समितिको बैठकले बनाउने बताइएको छ ।

बालकोटस्थित केपी ओलीको निवासमा हिजो भएको प्रचण्ड र ओलीवीचको उच्चस्तरीय भेटवार्तापछि भोलि एकता संयोजन समितिको बैठक बोलाउने समहमति भएको हो ।
भेटबारे जानकारी दिँदै माओवादी अध्यक्ष प्रचण्डले, ‘भोलि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र समितिबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पु-याउनका लागि वैचारिक राजनीतिक काम र सांगठानिक काम गर्न एउटा टीम बनाएर जिम्मा दिने र केही दिनभित्र यो प्रक्रियालाई निष्कर्षमा पु-याउने सहमति भएको छ’ भन्नु भयो ।

एकता संयोजन समितिको बैठक बस्नुपूर्व आज एमाले र माओवादी केन्द्रले आ–आफ्नो पार्टीको बैठक गर्ने भएका छन् । एकता संयोजन समितिको बैठकको तयारीका लागि आज सोमबार आ–आफ्नो पार्टीको लेबलमा छलफल गर्ने सहमति भएको प्रचण्डले जानकारी दिनु भएको छ ।

केपी ओलीसँगको भेटमा मुख्यरुपमा पार्टी एकताकै विषयमा छलफल भएको बताउँदै प्रचण्डले, ‘हामी जुन प्रक्रियामा अघि बढेका छौं, त्यसलाई निश्कर्षमा पु’याउनैपर्छ, भन्नु भयो ।