१२ बैशाख २०८१, बुधबार
Follow Us

सहमति जुटाएर प्रदेश प्रमुख तोक्नुस् : राष्ट्रपति भण्डारी

नेपालब्रिटेन डट कम्
२४ पुष २०७४, सोमबार ०९:३०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरवहादुर देउवाबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रदेश प्रमुख चयन, राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा राष्ट्रपति भण्डारीले प्रमुख दलहरुबीच सहमति जुटाएर प्रदेश प्रमुख तोक्न सुझाव दिएकी छिन । साथै राष्ट्रपतिले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले भने धेरै ठाँउमा प्रदेशको अस्थायी मुकाम माग भएर आन्दोलन चलिरहेको सन्दर्भमा सरकारले औपचारिक निर्णय गर्दा समस्या बढन सक्ने जानकारी राष्ट्रपतिलाई गराएका छन् । भेटमा नयाँ सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा भएको ढिलाईमा समेत राष्ट्रपति भण्डारीले चासो ब्यक्त गरेको बताइएको छ । प्रधानमन्त्री देउवा बाम गठवन्धनले सहमति नजनाएपछि प्रदेशको अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारीमा छन् ।