११ बैशाख २०८१, मंगलवार
Follow Us

इबे र अमाजोनमा नेपाली उपभोक्ता

नेपालब्रिटेन डट कम्
२४ पुष २०७४, सोमबार १९:३१

भरत कार्की । लण्डन। आधुनिक बजारमा संसार भरि नै अनलैन मा धेरै उपभोक्ता र बिक्रि कर्ता लाई समेट्न सफल इबे र अमाजोन ले छुटै पहिचान बनाएको छ।
ठुला ठुला कम्पनि भन्दा पनि सस्तो र सरल र छिटै उपभोक्ता को घर घर मा सुबिधा पुर्याएर आफ्नो भिन्दै किसिमको छबि बनौन सफल भैसकेको छ ।
बिस्तारै आफ्नो सुबिधाहरु विस्तार गर्दै संसार भरि आफ्नो उपभोक्ता हरुलाई अझै सरल सजिलो र राम्रो र जुन दिन अनलैन मा सामान किनेको तेही दिनमा उपभोक्ताको घरमा पुर्याउने लक्ष्य राखेको छ।

संसार भरि छरिरहेका नेपाली उपभोक्ताहरु पनि आकर्षित भएका छन् इबे र अमाजोनको सुबिधाले । त्यस्तै किसिमले एसको प्रमुख आकर्षण भनेको उपभोक्ताले मन नपराएको सामान सजिलै फिर्ता गरेर आफुले तिरेको रकम फिर्ता गर्ने नियम छ । नेपाली उपभोक्ताहरुले पनि त्यस्तै गरेर आफुले मन नपराएको सामानहरु फिर्ता गर्ने गरेका छन् तर अरु उपभोक्ता भन्दा नेपालीहरु अलि कम नै गर्छन ।

कहिले काही बिक्रि कर्ताले गलत सामान पठाउदा पनि नेपाली उपभोक्ताहरु फिर्ता गर्ने झन्झटमा गलत सामान भए पनि प्रयोग गर्ने पाइएको छ। कति सामानहरु बाटोमा नै हराउने पनि गर्छ, उपभोक्ता को घर सम्म पुर्याएको देखौछ तर त्यो उपभोक्ता को हातमा पुगेको हुदैन एस्तो किसिमको स्तितीमा नेपाली उपभोक्ताहरु आफ्नो धेरै समय लगाएर झन्झटमा फस्नु भन्दा भनेर त्यो येत्तिकै छाडिदिने पाइएको छ। एस्तो किसिमको परिस्तितिमा अरु उपभोक्ताहरु अरु काम छाडेर भए पनि एउटा किन्यो भने अर्को सित्तैमा लिने मनिस्थीतीमा हुन्छन।

यहाँ कुरा आयो नेपाली उपभोक्ताहरु धेरै झंझटिलो नजाने र अरु उपभोक्ताहरु भन्दा सरल र सोझो हुन्छन ।