७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनसिआई ग्रुप यूकेमा मोहन गुरुङ नेतृत्वकै कार्यसमिति पुन: निर्वाचित

नेपालब्रिटेन डट कम्
२४ पुष २०७४, सोमबार २१:११

लण्डन । नेप्लिज कोअपरेटिभ इन्भेस्टमेन्ट (एनसिआई ग्रुप) यूकेकोे अधिवेसनले पुरानो कार्यसमितिलाई पुन: एक अर्को कार्याकालका लागि निर्वाचित गरेको छ ।

आइतबार सम्पन्न तेस्रो अधिवेसनबाट यसअघिको मोहन गुरुंग नेतृत्वको ७ सदस्यीय कार्यसमिति नै आगामी ३ वर्षका लागि सर्वसममतिमा निर्वाचित भएको छ ।

गुरु.ग नेतृत्वको कार्यसमितिमा अर्कराज तिम्सिना सचिव, एलएन पाण्डे कोषाध्यक्ष तथा सुरज केसी, सहदेव गिरी, रञ्जिता मल्ल र सुशिल प्रजापति सदस्य निर्वाचित भएका हुन् र यसअघि सदस्य पदमा १ जना बढिको उम्मेदवारी परेको भएपनि सहमतिमा उनले मनोनयन फिर्ता गरेपछि सिंगो कार्यसमिति सर्वसममत बनेको हो ।

सुमल कुमार गुरुंगको संयोजकत्वमा शंकर घिमिरे र लक्ष्मण शाह सदस्य रहेको निवाृचन समितिले नयां कार्यसमिति चयन गराएको थियो । निर्वाचित कार्यसििमतका पदाधिकारी तथा सदस्यलाई संयोजक गुरुंगले शपथ ग्रहण गराएका थिए ।

सो अवसरमा सुर्य गुरुंग, हरिगोविन्द गुरुङ, कुमार श्रेष्ठ र यादव भण्डारीले सफलताको शुभकामना दिएका थिए ।

यसअघि अधिवेसनमा सचिव अर्कराज तिम्सिनाको वार्षिक तथा कोषाध्यक्ष एलएन पाण्डेको आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो ।

छलफलमा फाइनान्स एण्ड डिसिपिलनरी कमिटीका सदस्य कमल भण्डारी, टिकाराम सापकोटा र बालजंग अर्याल तथा बिजनेस इन्भल्भमेन्ट कमिटीबाट सुरज मास्केले बोलेका थिए । शेयर सर्टिफिकेट सम्बन्धमा सुरज केसीले प्रकाश पारेका थिए ।

महासचिव अर्कराज तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा रञ्जिता मल्लले स्वागत मन्तव्य राखेकी थिइन् । सहदेव गिरीले धन्यवाद ज्ञापन गरेका थिए ।

सामुहिक लगानीको अवधारणालाई अघि बढाउने उद्धेश्यले सन् २०१३ मा एनसिआई ग्रुपको स्थापना भएको थियो ।