८ बैशाख २०८१, शनिबार
Follow Us

इमिग्रेसन कडाई बारे आवाज उठाउंदै स्कटल्याण्डका करी व्यवसायी

नेपालब्रिटेन डट कम्
२४ पुष २०७४, सोमबार २१:३५

लण्डन । बेलायतमा पछिल्लो समय इमिग्रेसनमा गरिएको चरम कडाईले प्रताडित बनेका स्कटल्याण्डका इण्डियन तथा नेपाली रेष्टुरेन्ट व्यवसायीहरुले समस्या समाधानको लागि सामुहिक पहल गर्ने भएका छन् ।

स्कटल्याण्डका करी रेष्टुरेन्ट व्यवसायीहरुले स्थानीय सांसद, स्थानीय सरकारका प्रतिनिधी लगायतका बेलायती अधिकारीलाई बोलाएरै इमिग्रेसनका कारण व्यवसायले भोगिरहेका समस्याबारे अवगत गराउने जमर्को गरेका छन् ।

स्कटल्याण्डका सफल रेष्टुरेन्ट व्यवसायी काशिराम भण्डारीले यो अभियानको अगुवाई गरिरहेका छन् । आउंदो फेब्रुअरी १५ तारिख बिहिबार स्कटल्याण्डको काउडेनबीचस्थित नमस्ते सिम्ला प्यालेस रेष्टुरेन्टमा बिहान ९ देखि ११ बजेसम्म कार्यक्रम निर्धारित छ ।

सो क्षेत्रका सांसद लेस्ली मार्गरेट लेइर्ड , स्थानीय काउन्सिल लिडर, स्थानीय सरकारका प्रतिनिधीसहितका अधिकारीहरु उपस्थित हुने कार्यक्रममा १ सय बढि रेष्टुरेन्ट व्यवसायीलाई उपस्थित गराएर आफ्ना समस्याहरु राख्ने पहल भण्डारीको छ ।

‘स्थानीय सांसदसंग ४ चरणमा भएका बैठकहरुपछि यो कार्यक्रम तय गर्न सफल भएका छौं’, भण्डारीले भने, ‘स्कटल्याण्डमा सञ्चालित नेपाली, इण्डियनसहितका सबै करी रेष्टुरेन्टका सञ्चालकहरुलाई कार्यक्रममा सहभागी गराएर सामुहिक रुपमा हाम्रो आवाज उठाउने कोशिस गर्दैछौं ।’

‘कार्यक्रममा आउने सांसदसहितका अधिकारीकै अगाडि हामीहरुले एउटै करी टेकवे, बफेट र रेष्टुरेन्टका लागि बनाएर छुट्टाछुट्टै भांडामा राखेर देखाउनेछौं, अनि सोध्नेछौं यी करीहरुमा उनीहरुले के फरक पाउनेछन’ , टेकवे गर्ने रेष्टुरेन्टका लागि वर्क पर्मिटमा कुक तथा म्यानेजर राख्ने लाइसेन्स नदिने सरकारी नीतिविरुद्ध दरिलो आवाज उठाउने उनीहरुको तयारी छ ।

त्यसअवसरमा अधिकारीहरुलाई समस्याको समाधानका लागि केहि सुझावहरु समेत प्रस्ताव गरिनेछ । दुई वा तीन वर्षका लागि अस्थायी रुपमा कुकहरु ल्याउने भिसा रुट खोलिदिन व्यवसायीहरुले अग्रह गर्नेछन् । सो अवधिपछि कुकहरुलाई आफ्नै देश फर्काउने जिम्मेवारी लिदै ग्यारेन्टी गर्न समेत व्यवसायीहरु तयार छन् ।

सो अवसरमा ग्लास्गो, एडिनबरा, स्टर्लिंग , फाइफ, पर्थ, डण्डी, लगायतका स्कटल्याण्डका सबै क्षेत्रहरुबाट