७ बैशाख २०८१, शुक्रबार
Follow Us

हेमन्त कुमार दवाडी एनआरएनएको प्रमुख कार्यकारी प्रमुख नियुक्त

नेपालब्रिटेन डट कम्
२४ पुष २०७४, सोमबार २३:२३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी अधिकृतमा डा. हेमन्त कुमार दवाडी नियुक्त गरिएको छ । उनलाई गैर आवासीय नेपाली संघको मंगलवार बसेको पदाधिकारी बैठकले सो पदमा नियुक्त गरेको हो ।

एनआरएनएका कार्यकारी अधिकृत भै सकेका दवाडी यसअघि उद्योग बाणिज्य महासंघका प्रमुख कार्यकारी अधिकृत थिए। बैठकले हालै मात्र आफ्नो सेवाअवधि पुरा गरेका राजेश रानालाई तिन महिनाको तलव दिने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय तथा संघको सम्पुर्ण परियोजनाको समेत जिम्मेवारी रहने सो पदमा भत्ता सहित महिनाको करिव दुई लाख रुपैयाँ तलव हुन्छ ।