१५ चैत्र २०८०, बिहीबार
Follow Us

एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठक आज

नेपालब्रिटेन डट कम्
२५ पुष २०७४, मंगलवार ०३:२४

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजक समितिको बैठक आज बस्दैछ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा आज अपरान्ह समितिको बैठक बोलाइएको हो । बाम तालमेल गरेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी भएका दुई दलबीच चुनावपछि आज पहिलो पटक छलफल हुन लागेको हो ।

एकता गर्ने औपचारिक सहमतिपछि तीन महिनापछि बस्न लागेको बैठकमा पद बाँडफाँड र बैचारिक मतभेद टुग्याउन छुट्टाछुट्टै कार्यदल बनाउने तयारी छ । एकता समितिमा एमालेका तर्फवाट अध्यक्ष केपी ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल, र ईश्वर पोखरेल रहेका छन । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।