१५ चैत्र २०८०, बिहीबार
Follow Us

तालिवानी आक्रमणमा मारिएका नेपालीको परिवारलाई एनआरएनएको सहयोग

नेपालब्रिटेन डट कम्
२५ पुष २०७४, मंगलवार १९:३३

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीले २० जुन २०१६ मा अफगानिस्तानको काबुलस्थित क्यानाडा दूतावास नजिकै तालिवानको आक्रमणमा १३ जना नेपाली सुरक्षा गार्डहरुले ज्यान गुमाएकामध्ये ११ जना मृतकका परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गरेको छ ।

एनआरएनए अध्यक्ष भवन भट्ट र महासचिव बद्रि केसीले मृतकका परिवारलाई जनही १ लाख रुपैयाँको चेक प्रदान गरे ।

कार्यक्रममा संघका महासचिव केसीले मृतकका परिवारहरु समक्ष समवेदना प्रकट गर्दै विदेशमा रहेका नेपालीहरुले संकलन गरेर सहयोगस्वरुप पठाएको रकम सदभाव स्वरुप हस्तान्तरण गरिएको बताए । थप दुई जनाको परिवारलाई पनि काजगी प्रक्रिया पूरा गरेर रकम दिइने केसीले जानकारी दिए ।

संघका अध्यक्ष भवन भट्टले त्यस विभत्स घटनामा दिवगंत भएका गैरआवासीय नेपालीहरुका परिवारहरुसमक्ष समवेदना प्रकट गरे ।