१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘छक्का पञ्जा २’ बेलायतमा प्रदर्शन हुंदै

नेपालब्रिटेन डट कम्
२५ पुष २०७४, मंगलवार १९:३८

लण्डन । वर्षको सर्वाधिक चर्चित नेपाली चलचित्र ‘छक्का पञ्जा २’ बेलायतका दर्शकमाझ पनि प्रदर्शन गरिने भएको छ ।

बेलायतस्थित ह्याव अ मोमेन्ट समुहले नेप्लिज इन्टरटेनमेन्ट समुहसंगको सहकार्यमा ‘छक्का पञ्जा २’ लाई बेलायतमा देखाउन लागेको हो ।

आउंदो फेब्रुअरी महिनाको ३ तारिख अल्डरसटको एमपायर हलमा चलचित्र प्रदर्शन गरिनेछ । सांझ ठीक ५ बजेबाट चलचित्रको प्रदर्शनी सुरु हुने आयोजकले बताएका छन् ।

चलचित्र हेर्न अग्रिम टिकट लिनेलाई १० पाउण्ड र ढोकामै लिनेलाई १५ पाउण्ड लाग्ने बताइएको छ ।

चलचित्र प्रदर्शनको आयोजक ह्याव अ मोमेन्टमा नविन गुरुंगका साथै नेप्लिज इन्टरटेनमेन्ट समुहमा बिरेन खड्का, अनिल मल्ल लगायत सक्रिय छन् ।

दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपाल लगायतले मिलेर बनाएको चलचित्र हो छक्का पञ्जा २ ।

दिपाश्री निरौलाको निर्देशनमा बनेको यो चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, वर्षा रावत, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य अभिनय छ । यसअघिको सुपरहिट चलचित्र छक्का पञ्जाको सिक्वेलका रुपमा सोहि समुहले यो चलचित्र निर्माण गरेको हो ।