७ बैशाख २०८१, शुक्रबार
Follow Us

पार्टी एकता कार्यदलमा को–को

नेपालब्रिटेन डट कम्
२६ पुष २०७४, बुधबार ०४:१३

काठमाडौं । पहिलो पटक बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समिति बैठकले राष्ट्रिय सभा र प्रदेश सरकार गठनका लागि कार्यदल बनाएको छ । सरकार र पार्टीको नेतृत्व लगायतका विषयमा सहमति भएको छैन ।
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक परिस्थितिका विषयमा भने छलफल भयो । बैठकले पार्टी एकतामा कुनै विवाद र विमति नरहेको भन्दै छिट्टै पार्टी एकता प्रक्रिया टुङ्गाउने निष्कर्ष निकालेको छ । बैठकले पार्टी एकता हुँदैन कि भनेर कल्पना पनि नगर्न कार्यकर्ता र जनतालाई अपील गरेको छ ।
संयोजन समिति बैठकले प्रतिनिधि सभाको पूर्णता, राष्ट्रियसभाको गठन र प्रदेश सरकार गठनका लागि गृहकार्य गर्न ६ सदस्यीय संयुक्त कार्यदल बनायो ।
कार्यदलमा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा, वर्षामान पुन र मातृका यादव रहनु भएको छ ।
पार्टी एकताका लागि वैचारिक र सांगठानिक कार्यदल गठन गर्ने कार्यसूचि रहे पनि थप गृहकार्य गरेर अर्को बैठकमा कार्यदल गठन गर्ने समझदारी भएको माओवादी नेताहरुले बताएका छन् । एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारबाट फर्किएपछि एकता संयोजन समितिको बैठक बस्ने पनि तय भएको छ ।