१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विद्यालयलाई ब्रिटिस गोर्खाको ३ लाख रुपैयाँ

नेपालब्रिटेन डट कम्
२६ पुष २०७४, बुधबार ०४:२७

पाल्पा । जनशान्ति माध्यमिक विद्यालय, रामपुर नगरपालिका–९, पाल्पालाई रु तीन लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ । ब्रिटिस गोर्खा संस्थाले विद्यालयको फर्निचर खरिदका लागि सो रकम सहयोग गरेको हो । विद्यालयमा फर्निचरको अभावमा पठनपाठनमा केही समस्या परेपछि ब्रिटिस गोर्खा संस्थाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर चौहान र प्रधानाध्यापक ढकबहादुर सिंजालीलाइ फर्निचर खरिदका लागि सो रकम प्रदान गरेको छ ।