१६ चैत्र २०८०, शुक्रबार
Follow Us

निधिले मोदीलाई कहिले भेट्दैछन् ?

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७३, बुधबार ०८:१२

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा आउादै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रूपमा निधि बिहीबार भारत आउन लागेका हुन् । भारतका विदेश मन्त्रालयस्थित स्रोतले नेपाली विशेष दूत निधिको नयाादिल्लीमा उच्चस्तरीय भेटवार्ताको मिति तय भएको जानकारी दिएको छ । नेपाली प्रधानमन्त्रीका विशेष दूत निधिले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिल्लीमा भेट गर्दै छन् ।
निधिले राष्ट्रपति प्रणव मुखर्जी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भाजपाका शीर्ष नेताहरू, भारतीय कंग्रेस तथा समाजवादी विचार राख्ने दलका नेताहरूसाग भेटवार्ता गर्ने कार्यक्रम छ । निधि नेतृत्वको नेपाली टोलीमा परराष्ट्रका सहसचिव भृगु ढुंगाना र दिल्लीस्थित कार्यबाहक नेपाली राजदूत कृष्णप्रसाद ढकाल, राजनीतिक काउन्सिलर हरि ओडारीलगायत रहनेछन् ।
– नयाँ पत्रिका