१५ बैशाख २०८१, शनिबार
Follow Us

बालबालिकालाई बस्नेतको न्यानो टोपी

नेपालब्रिटेन डट कम्
२६ पुष २०७४, बुधबार १२:३९

काठमाडौं । युवा सशक्तिकरण नेपालका अध्यक्ष सरोज बस्नेतले बालबालिकालाई न्योनो टोपी वितरण गरेका छन् । न्योनो टोपी गौरीघाटस्थित प्रणवानन्द आश्रम तथा विद्या मन्दिरमा आश्रित बालबालिकालाई वितरण गरिएको हो ।
पछिल्लो समय कलाकार, व्यवसायी, समाजसेवी, सर्वसाधारणको एउटा ट्रेन नै बसेको छ । आफ्नो जन्मदिनको अवसरमा केही न केही सेवाभावको काम गरौं भन्ने । सोही ट्रेनलाई पछ्याउँदै सरोज बस्नेतले पनि आफ्नो जन्मदिनको अवसर पारेर असहाय बालबालिहरुलाई गत मंगलबार न्योनो टोपी वितरण गरेका हुन् ।
बस्नेत क्रिष्टल एक्पोर्ट इम्पोर्टका सञ्चालकसमेत रहेका छन् । उनले यसअघि पनि विभिन्न क्षेत्रमा समाजसेवाकाको काम गर्दै आएका छन् । यसपटक पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो जन्मदिनको अवसर पारेर जाडोको प्रकोपका बेला आश्रममा आश्रित बालबालिकाहरुलाई न्यानो टोपी वितरण गरे ।
वितरण कार्यक्रममा नेविसंघका पूर्व केन्द्री सदस्य रामप्रसाद ज्ञवाली र नविसंघ कार्यकर्ता दीपक पाण्डे पनि सहभागित रहेको थियो ।