१५ चैत्र २०८०, बिहीबार
Follow Us

डा केसीलाई तारेखमा थुनामुक्त गर्न आदेश

नेपालब्रिटेन डट कम्
२६ पुष २०७४, बुधबार १३:११

काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले अदालतको अवहेलना मुद्दाको सुनुवाइपछि यस्तो आदेश दिएको हो । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएमको डिन नियुक्तिसम्बन्धि अदालतको फैसलाविरुद्ध अभिव्यक्ति दिएको भन्दै डा केसीलाई अदालतको आदेशमा सोमबार प्रहरीले शिक्षण अस्पतालबाट पक्राउ गरेको थियो । मंगलबार उनको अदालतमा बयान भएकोमा बुधबार दुवै पक्षका अधिवक्ताहरुले बहस गरेका थिए।