८ बैशाख २०८१, शनिबार
Follow Us

डोल्पामा भीषण आगलागी सात घर जलेर नष्ट

नेपालब्रिटेन डट कम्
२६ पुष २०७४, बुधबार १३:३२

दुनै । डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा आज साँझ भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको र आगलागी अझै जारी रहेकाले नियन्त्रणका लागि प्रहरीको टोली पुगसिकेको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रहरी र विभिन्न गाँउबाट आएका सर्वसाधारणले संयुक्तरुपमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिनुभयो । आगलागी कसरी भयो भन्ने कुनै जानकारी नआएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।