१५ चैत्र २०८०, बिहीबार
Follow Us

डोल्पामा आगलागीबाट ९ घर नष्ट

sarusaru
२७ पुष २०७४, बिहीबार ०२:५७

काठमाडाैं । डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा बुधबार साँझ भएको भीषण आगलागी १४ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि ९ घर जलेर नष्ट भएका छन् ।

डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी वमबहादुर केसीले बुधबार साँझदेखि लागेको आगोले ९ घर जलेर नष्ट भएको पुष्टि गर्दै विस्तृत विवरण आइनसकेको जानकारी दिए ।

‘आगोले ९ घर जले पनि कुनै मानवीय क्षति नभएको जानकारी हामीलाई प्राप्त भएको छ’, सहायक प्रजिअ केसीले अनलाइनखबरसँग भने, ‘केही पशु चौपाया मरेको जानकारी आए पनि घटनास्थल सदरमुकामबाट २ दिनको पैदल यात्रापछि मात्रै पुग्न सकिने भएकाले विस्तृत विवरण आइसकेको छैन ।’

आगलागी भएको स्थानमा पानी नभएकाले नियन्त्रणमा लिन लामो समय लागेको बताइएको छ । नियन्त्रणमा प्रहरी र स्थानीय खटिएका थिए ।

मौसमी कारणले आगलागी भएको अनुमान गरिए पनि प्रष्ट खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
– अनलाइन खबरबाट ।