८ बैशाख २०८१, शनिबार
Follow Us

क्यान्सर पीडित राईलाई मलेसियाबाट सहयोग

नेपालब्रिटेन डट कम्
२७ पुष २०७४, बिहीबार ०४:४६

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–३, माङ्लेबुङका क्यान्सर पीडित एक व्यक्तिलाई प्रवासी समाज, मलेसियाले आर्थिक सहयोग गरेको छ ।

फालेलुङ–३ बस्ने क्यान्सर रोगबाट पीडित कालुराम राईलाई प्रवासी समाज मलेसियाले रु एक लाख १२ हजार ६२१ सहयोग प्रदान गरेको हो । राईलाई समाजका अध्यक्ष राजेन्द्र चोङबाङ साँवासहितको टोलीले सहयोग रकम हस्तान्तरण गरेको थियो । विपन्न परिवारका राईको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सो सहयोग हस्तान्तरण गरिएको अध्यक्ष साँवाले बताउनुभयो ।

उक्त सहयोग पाएपछि राईले खुशी व्यक्त गर्नुभएको छ । उहाँले यो सहयोगले आफनो उपचारमा थप मद्दत पुगेको र आफू छिट्टै स्वस्थ बन्ने विश्वास समेत व्यक्त गर्नुभयो । फालेलुङ गाउँपालिका–३, का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरिएको थियो ।