१३ बैशाख २०८१, बिहीबार
Follow Us

जाजरकोटमा भाइरल ज्वरोले मृत्यु हुनेको संख्या १४ पुग्यो

नेपालब्रिटेन डट कम्
२७ पुष २०७४, बिहीबार ०४:५५

काठमाडौं । जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट थप दुई जनाको मृत्यु भएको छ । अस्ति एक जना र हिजो एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार अस्ति बिहान जुनीचाँदे गाउँपालिका–३ रावलगाउँका ५४ वर्षका लालबहादुर भण्डारीको ज्वरो र पखालाका कारण मृत्यु भएको छ । त्यस्तै जुनीचाँदे –५, टिप्ककी ६५ वर्षीया कालु तिरुवाको मृत्यु भएको छ । दुवैको उपचार अभावमा मृत्यु भएको हो ।