१३ बैशाख २०८१, बिहीबार
Follow Us

भूकम्पपीडितको दोस्रो किस्ता बुझ्ने म्याद नथपिने

नेपालब्रिटेन डट कम्
२७ पुष २०७४, बिहीबार ०४:५६

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानको दोस्रो किस्ता बुझ्न तोकेको पुस मसान्तको समयसीमा नथप्ने छ । दोस्रो किस्ता प्राप्त गरिसक्नुपर्ने भनी तोकिएको अवधिमा लाभग्राहीले अनिवार्य दोस्रो किस्ताको सिफारिस लिइसक्नुपर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताए । ‘प्रधानमन्त्रीको अध्यक्षतामा रहने प्राधिकरण निर्देशक समितिको बैठकले गरेका निर्णयलाई प्राधिकरण आफैँले थपघट गर्न सक्ने अधिकार छैन,’ उहाँले भन्नुभयोे, ‘त्यसकारण तोकिएको अवधिभित्रै लाभग्राहीले दोस्रो किस्ताको कम्तीमा सिफारिस लिइसक्नुपर्छ ।’
०७३ पुस मसान्तभित्र पहिलो किस्ता बुझेका लाभग्राहीका लागि दोस्रो किस्ता बुझ्ने म्याद यही पुस मसान्त तोकिएको छ । ती लाभग्राहीले ०७५ जेठसम्म तेस्रो किस्ता लिइसक्नुपर्नेछ । ०७४ कात्तिकभित्र पहिलो किस्ता लिएका लाभग्राहीले भने ०७४ चैत मसान्तभित्र दोस्रो किस्ता र ०७५ असार मसान्तभित्र तेस्रो किस्ता बुझिसक्नुपर्छ ।