११ बैशाख २०८१, मंगलवार
Follow Us

कांग्रेस जिल्ला सभापतिको भेला हुने

नेपालब्रिटेन डट कम्
२७ पुष २०७४, बिहीबार ०६:५५

सिन्धुपाल्चोक । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पराजयबारे छलफल गर्न कांग्रेसका जिल्ला सभापतिको भेला हुने भएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा भएको कांग्रेसका १९ जिल्लाका सभापतिको बैठकले जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय गरेको हो । जिल्ला सभापतिहरुको भेलाका लागि बर्दिया कांग्रेस सभापति सञ्जय गौतमको संयोजकत्वमा १३ सदस्यीय पहल समिति गठन भएको छ । अर्को निर्वाचनसम्म कांग्रेसलाई पहिलो दलको रुपमा उभ्याउनका लागि निर्वाचनको समिक्षा र भावी रणनीति तयार गर्नुपर्ने भएकाले जिल्ला सभापतिको भेला आवश्यक रहेको निस्कर्ष भेलाले निकालेको छ । भेलामा सिन्धुपाल्चोक, कैलाली, मनाङ, मुस्ताङ, मुगु लगायतका जिल्ला सभापतिहरु सहभागि थिए ।