६ बैशाख २०८१, बिहीबार
Follow Us

सरकारले आज पनि प्रदेश प्रमुख र आस्थायी मुकाम तोक्न सकेन

नेपालब्रिटेन डट कम्
२८ पुष २०७४, शुक्रबार ०८:४४

काठमाडौं । शुक्रवार बसेको मन्त्रीपरिषद बैठक प्रदेश प्रमुख र प्रदेशका अस्थायी मुकाम तोक्न असफल भएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाले प्रदेश प्रमुख र उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्ने स्थल तोक्ने तयारी सहित मन्त्रीपरिषद बैठकले कुनै निर्णय नगरेको हो । दुबै विषयमा राजनैतिक परामर्श गर्नुपर्ने देखिएकाले सरकारले कुनै निर्णय नगरेको बताइएको छ ।

त्यस्तै सरकारले उपरथी गौरब तन्डुललाई रथी बनाउने र युएन फोर्स कमाण्डरमा पठाउने र पज्ञानेन्द्रलाल महर्जनलाई प्राविधिक सहायक रथीमा बढुवा गर्ने निर्णय पनि गरेको छ । बैठकले न्यायसेवाको विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गरेको छ भने पुनरावेदन समितिको प्रमुखमा हेमराज पन्तलाई नियुक्त गरेको छ । वैशाख १ गतेदेखि राष्ट्रिय आर्थिक गणना २०७५ सूचीको आदेश जारी गर्ने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै, ८ अर्ब विश्व बैक बाट ऋण स्वीकार गर्ने निर्णयसमेत गरेको छ । वैठकले कर्मचारी समायोजन सम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ ।