६ बैशाख २०८१, बिहीबार
Follow Us

सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैन : प्रधानन्यायाधीश

नेपालब्रिटेन डट कम्
२८ पुष २०७४, शुक्रबार १३:१०

रुकुम । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताउनुभएको छ । रुकुम पूर्वको जिल्ला अदालत आज उद्घाटन गर्दै उहाँले अहिले सडकमा कोही कराउँदैमा केही नहुने बताउनुभयो । आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उहाँको भनाइ छ ।
“मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन”, उहाँले भन्नुभयो । विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उहाँको धारणा छ । “हिजो पनि न्यायालय न्यायमूर्ति थियो”,उहाँले भन्नुभयो, “आज र भोलि पनि न्यायमूर्ति रहन्छ ।”
न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उहाँले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिनुभयो ।