६ बैशाख २०८१, बिहीबार
Follow Us

ट्रकभित्र एलिसा र निराजनको रोमान्स

नेपालब्रिटेन डट कम्
२८ पुष २०७४, शुक्रबार १३:१६

काठमाडौं । चलचित्र लुट २ बाट चर्चामा आएकी नायिका एलिसा राईको नयाँ म्युजिक भिडियो बाहिरीएको छ । मोडल निराजन प्रधानसँगको रोमान्टिक भिडियो सार्वजनिक भएको हो । जाउँ हिँड मैच्याङ बोलको सेलो गीतको भिडियोमा वि.पी हाईवेका मनोरम दृश्य समावेश गरिएको छ । दर्शन लामाको स्वर रहेको गीतको भिडियोमा एलिसालाई निराजनले ट्रकमा भगाएको देखाइएको छ । जहाँ उनीहरुको रोमान्टिक दृश्य समेत राखिएको छ । युवराज वाइबाको निर्देशनमा बनेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतमा स्मृति मोक्तानको शब्द र सुसन लामाको संगीत छ । हेर्नुहोस् भिडियो ।