१३ बैशाख २०८१, बिहीबार
Follow Us

किन पक्राउमा परे कतारमा पत्रकार महासंघका अध्यक्ष आचार्य सहित ४ जना

नेपालब्रिटेन डट कम्
२८ पुष २०७४, शुक्रबार १९:५७

लण्डन । कतार प्रहरीले पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित चार पत्रकार पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशनामा प्रमुख अतिथि तथा अतिथिका रुपमा सहभागि हुन गएका अध्यक्ष आचार्य लगायतलाई शुक्रवार त्यहाँको सीआइडीले पक्राउ गरेको हो ।

त्यहाँ कार्यरत एक नेपालीका अनुसार पत्रकार महासंघ कतार शाखाको अधिवेशन चलरिहेको वेला करिब तीन बजे तिर उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । सोधपुछको लागि भन्दै प्रहरीले कार्यक्रम स्थलबाट उनीहरुलाई लिएर गएको हो ।

कार्यक्रम आयोजना स्थल बारे स्थानिय प्रशासनलाई जानकारी दिएको भए पनि कार्यक्रम गर्न भने अनुमति थिएन् । आयोजक नेपाल पत्रकार महासंघ कतार शाखाले प्रशासनको स्वीकृत विना एक होटलमा आयोजित कार्यक्रममा नेपाली दूतावासको प्रतिनिधीको समेत उपस्थिती थियो । उनीहरु सोधपुछ पछि शनिवार विहान रिहा हुन सक्ने उनले वताए ।

पक्राउ पर्नेमा नेपालबाट गएका महासंघका अध्यक्ष आचार्य, प्रेस काउन्सीलका सदस्य एवं महासंघका पूर्व उपाध्यक्ष खिलबहादुर भण्डारी, महासचिव रमेश विष्ट छन् । यसैगरी महासंघ, कतार शाखाका अध्यक्ष गणेश बञ्जाडेलाई पनि प्रहरीले समातेको छ ।