१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालको गुरुकुलका लागि अमेरिकाबाट सहयोग

नेपालब्रिटेन डट कम्
२८ पुष २०७४, शुक्रबार २२:४१

नेपालमा गुरुकुल शिक्षाका निम्ति अमेरिकाबाट सहयोगको अभियान सुरु भएको छ ।
वैदिक संस्कृति तथा शिक्षा ग्रहण गर्न चाहने जेहेन्दार विद्यार्थीहरुकाे हितका निमित्त भाेजन, आवास आदि सुविधाका साथ तनहुँको देवघाटमा स्थापित महेश संस्कृत गुरुकुल विद्यापीठका लागि सहयाेग गर्न अमेरिकावासी नेपालीले तदारुकता देखाएका हुन् ।
उनीहरूले पहिलो चरणमा यसै हप्ता डेढ़ लाख रुपियाँभन्दा बढीको सहयोगसमेत गरिसकेका छन् ।
यस पुण्यकर्मका लागि खुलेर सहयाेग गर्नसमेत उनीहरूले आग्रह गरेको अभियानका सशक्त अभियन्ता पण्डित पीपलमणि सिग्देलले बताउनुभयो ।

उक्त अभियानमा नरेन्द्र सुवेदी, भगवती ज्ञवाली, परमानन्द खनाल, पण्डित डिल्लीराम उपाध्याय, गोकुल सापकोटा, कपिल बराललगायतका अमेरिकी नेपाली समाजसेवी एवं संस्कृतिकर्मीहरूको सहभागिता छ ।