६ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्वराजा ज्ञानेन्द्र शुभेच्छुक र शुभचिन्तकसँग परामर्श गर्दै

नेपालब्रिटेन डट कम्
२९ पुष २०७४, शनिबार ०७:२७

नेपालगञ्ज । पूर्व राजा ज्ञानेन्द्र शाहले आज नेपालगञ्जमा शुभेच्छुक र शुभचिन्तकसँग भेटवार्ता गरिरहेका छन् । नेपालगञ्जस्थित सोल्टी होटल परिसरमा पूर्वराजा शाहले आफ्ना शुभचिन्तकहरुसँग भेट गरिरहेका हुन । विहान एघार बजेपछि पूर्व राजा शाहले मध्य तथा सुदुरपश्चिमका विभिन्न जिल्लाका प्रतिनिधिसँग छलफल भेटघाट तथा छलफल गरिरहेका छन् । पूर्वराजा केही दिनदेखि नेपालगञ्जमा बस्दै आएका छन् ।

आइतबार नेपालगञ्ज नाका भएर भारतको लखनऊ गएका पूर्वराजा बिहीबार नेपालगञ्ज फर्किएका थिए । भारतको लखनऊमा रहँदा पूर्वराजाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र गत पुस १३ गते नेपालगञ्ज गएका हुन । उनले नेपालगञ्ज पुगेपछि त्यहाको बागेश्वरी मन्दिर, बर्दियाको बंगलामुखी, धनगढी र दाङका मठमन्दिरको भ्रमण गरेका थिए ।

राष्ट्रिय एकता दिवसका अवसरमा पूर्व राजा शाहले मुलुकको सार्वभौमिक स्वतन्त्र, राष्ट्रिय एकता र अखण्डता मक्किएको र नेपालको अस्तित्वमा खतरामा पर्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका थिए । पूर्व राजा अझै केही दिन नेपालगञ्जमा बस्ने बताइएको छ ।