१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानन्यायाधीश पराजुलीले राजीनामा नदिए केसी पुनः अनसन बस्ने

नेपालब्रिटेन डट कम्
२९ पुष २०७४, शनिबार ०७:३१

काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीले आज अनसन तोडेका छन् । शिक्षण अस्पताल परिसरमा जुत्ता सिलाउने काम गर्ने नथुनिया मोचीको हातबाट जुस खाँदै उनले अनसन तोडेका हुन् ।

अनसन तोडेपछि केसीले संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए आगामी फागुन ८ गतेबाट पुनः अनसन बस्ने चेतावनी समेत दिए । न्यायालय न्याय बिक्री गर्ने ठाउँ हुन नहुने भन्दै केसीले न्यायालयप्रति खबरदारी जारी रहने पनि बताए । शुक्रबार साँझ शिक्षा मन्त्री दीपक बोहोरा नेतृत्वको सरकारी टोलीसँग पाँच बुँदे सम्झौता भएपछि उनले अनसन तोड्ने घोषणा गरेका थिए ।

सम्झौतामा शिक्षा आयोगलाई पूर्णता दिन सात दिनभित्र सिफारिस समिति गठन गर्ने, यसअघि गरिएको सम्झौता कार्यान्वयन गर्न यथाशीघ्र कदम चाल्ने, प्रा.डा.जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपति मार्फत् सम्बन्धित निकायलाई निर्देशन दिने उल्लेख छ ।