८ बैशाख २०८१, शनिबार
Follow Us

रोज राणाको हत्याका लागि ३० लाखको सुपारी

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७३, बुधबार ०९:३४

काठमाडौं । फिल्म निर्माता तथा गुण्डा नाइके रोज राणाको हत्याका लागि ३० लाख रुपैयाँमा सम्झौता भएको महानगरीय अपराध अनुसन्धान शाखाले जनाएको छ । रोज राणा उर्फ सरोज थापामा संलग्न मोटे भनिने विवेचना प्रजापति र कटुन्जे भनिने सूर्य लामा पक्राउ परेपछि यो रहस्य सार्वजनिक भएको हो । हत्याका योजनाकार जोधा भन्ने रत्नबहादुर लामा भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको घटना विवरण यस्तो छ–
विगतको बिभिन्न कारोवार र गुण्डागर्दीबाट हुने फाइदा लिने, खाने क्रममारोज राणा भन्ने सरोज थापाले धोका दिएको, छलछाम गरेको भनि पुरानो रिसिईवी लिईकाभ्रे स्थायी घर भई का.जि.नयाँबजार बस्ने हाल फरार रही लुकिछिपी वसेका गुण्डाका नाईके’जोधा’ भन्ने रत्न बहादुर लामाले सरोज थापालाई आक्रमण गर्ने योजना वनाई आफ्नो समूहकाविवेचन प्रजापतिलाई ३ महिना पहिला भारतको सिलगुडीमा बोलाई आक्रमणको योजना बनाई तत्काल पेश्की स्वरुप विवेचनलाई भा.रू. ५० हजार दिएको खुलेको । करिव तीन हप्ता पहिलाभारतबाट निज जोधा भन्ने नेपाल आई विवेचनको घरमागई सरोज थापालाई आक्रमण गरी अङ्ग-भङ्ग तुल्याउन थप ३० हजार दिएको र काम सम्पन्न भए पश्चातरु.३० लाख दिने र भविष्यमा समेत सहयोग गर्ने प्रलोभन समेत दिएको वुझिएको । सोही योजना बमोजिम विवेचनले मिति २०७३।०४।३१ गते विहान सूर्य लामालाई मोटरसाईकल चलाउन लगाई घरमा रहेको खुकुरी झोलामा हाली सूर्य लामा र विवेचन सोही दिन बागबजार, दरबारमार्ग, नक्साल हुदै सरोज थापाको पिछा गरेका,आक्रमण गर्न नसके पश्चात अन्तिममा साँझ करिव ६.४५ बजे बानेश्वरको सेन्टर क्याफे अगाडी गई विवचनले एक्कासी खुकुरीले प्रहार गरेको र तत्पश्चात सूर्यले मोटरसाईकल चलाई फरार भएको हाल सम्मको अनुसन्धानबाट खुल्न आएको ।