२६ बैशाख २०८१, बुधबार
Follow Us

सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

नेपालब्रिटेन डट कम्
२९ पुष २०७४, शनिबार १४:१५

काठमाडौं । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । निर्वाचन आयोगले प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्ला सदरमुकाममा स्थापना गर्ने निर्णय गरे बमोजिम सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।

प्रदेश नम्बर १ मा मोरङ, प्रदेश नम्बर २ मा धनुषा, प्रदेश नम्बर ३ मा ललितपुर, प्रदेश नम्बर ४ मा कास्की, प्रदेश नम्बर ५ मा दाङ, प्रदेश नम्बर ६ मा सुर्खेत र प्रदेश नम्बर ७ मा डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । न्याय परिषद्को सचिवालयबाट प्राप्त नामावली बमोजिम सात जना जिल्ला न्यायाधीशलाई आयोगले पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिसकेको छ ।