१३ बैशाख २०८१, बिहीबार
Follow Us

ग्लोबल आइएमई बैंकको शाखा बुर्तिवाङमा

नेपालब्रिटेन डट कम्
३० पुष २०७४, आईतवार ११:५१

काठमाडौं । ग्लोबल आइएमई बैंकले बाग्लुङको बुर्तिवाङमा रहेको शाखालाई औपचारिकता दिएको छ । उक्त शाखाको ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बाग्लुङ– २ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले संयुक्त रुपमा उद्घाटन गरे । त्यस्तै सोही शाखामा खोलिएको एटिएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले उद्घाटन गरे ।
उक्त शाखा उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने मुल नारालाई चरितार्थ गर्दै देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिए । उनले बैंकिङ्ग सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बैंकिङ्ग सेवा बिस्तार गर्दै जाने बताए ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ५९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।
त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।