१६ चैत्र २०८०, शुक्रबार
Follow Us

“चारै दिशा” बोलको म्युजिक भिडियो सार्वजनिक

नेपालब्रिटेन डट कम्
३० पुष २०७४, आईतवार १८:४०

गीतकार दीप गिरीले रच्नुभएको “ चारै दिशा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार शिखर सन्तोषले संगीत भर्नुभएको सो गीत गायक राज खाम्वु र सुप्रसिद्ध भारतीय गायिका साधना सरगमको सुरिलो स्वरले कर्णप्रिय वनेको छ । शान थापाले निर्देशन गर्नु भएको सो म्युजिक भिडियोमा निराजन प्रधान र संगीता नापितको उत्कृष्ट अभिनय रहेको छ भने कोरियोग्राफर राजिप समिर रहेका छन् । त्यसैगरी छायाङ्कन सौराप लामाले गरेका थिए भने सम्पादन सपिम पराजुलीले गरेका थिए । सो गीत युट्युबमा यो लिङ्कमा हेर्न सकिन्छ।

संगीतकार राजु सिंहको प्रतिबिम्ब भाग २ एल्बमवाट २०५० साल ताका “सुनकेशरी” बोलको गीतबाट रचना शुरु गरेका गीतकार गिरीका “फुटेको ऐना” बोलको गीत गायक कर्ण दाशले र योजना पुरीको समर्पण एल्बममा “मौका नै दिएनौ” नामको गीत सार्वजनिक भइसकेकाछन् भने केही गीतहरु आउने क्रममा छन् ।