७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन यूकेको २ सय सल्लाहाकार

नेपालब्रिटेन डट कम्
३० पुष २०७४, आईतवार २२:००

लण्डन । गैरआवासीय नेपाली संघ यूकेले करिव २ सय जनालाई सल्लाहाकारमा नियुक्ति गरेको छ । संघको शनिवार प्लमस्टेडमा बसेको बैठकले सल्लाहाकारहरुको चयन गरेको हो । अध्यक्ष योग कुमार फगामीको अध्यक्षामा बसेको बैठकले समाजका विभिन्न तप्काका व्यक्तित्वहरुलाई समेटेर सल्लाहाकार समिति गठन गरेको महामन्त्रि राजकुमार त्रिपाठीले जनाए । त्रिपाठीका अनुसार सल्लाहाकारको नामावलीको लिस्टलाई कार्यसमितिले अनुमोदन गरि सकेको छ । सो नामावली सोमवार विहान सम्म सार्वजानिक गर्ने तयारी गरिएको छ ।

वैठकले एनआरएन यूकेको सदस्यता शुल्क १० पाउण्ड तोकेको छ । यसअघि सदस्यता शुल्क २५ पाउण्ड थियो । वैठकले राज्य संयोजन उपसमितिको संयोजक ललित न्यौपानेद्धारा प्रस्तुत निर्दोेशिकालाई पारित गर्दै सो समितिको संयोजक तोक्न अध्यक्ष योग कुमार फगामी, महामन्त्रि राज कुमार त्रिपाठी, उपाध्यक्ष ललित न्यौपानेलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

बैठकले शुशिला राईको संयोजकत्वमा रहेको राहत संकलन एवं वितरण समितिलाई अनुमोदन गरेको छ । सो समितिको सहसंयोजकमा दर्शना कार्की, सदस्य सचिव सुनिलबावु खड्का, सदस्यहरु, विमला सुब्बा, कोपिला सुब्बा, कल्पना राई, शारिकला बुर्जामगर, मेघ तिलिजा, डा. दिलीप यादव, राजन खकुरेल, मनिष खड्का र तारा गुरुङ छन् । सो विभागको सल्लाहाकारमा टुका क्षेत्री, दिपक श्रेष्ठ, दिलराज गुरुङ, लक्ष्मी लारा राई, आनन्द देवान, छविमाया पुन, कृष्ण तिवारी, विजय विक्रम लिङदेल चयन भए ।

बैठकले समाजका विभिन्न लोक कल्याणकारी कार्यहरुमा आकस्मिक सहयोग गर्न सक्ने गरि अध्यक्ष योग फगामी र महामन्त्रि त्रिपाठीको सहमतिमा संस्थाको खाताबाट ५ सय पाउण्ड सम्म खर्च गर्न सक्ने अधिकार प्रदान गरेको छ ।

यस्तै बैठकले नेपाल संघिय सरकार प्रदेश एवं नेपाली दूतावास वेलायत समन्वयन विभागलाई समेत अनुमोदन गरेको छ । महामन्त्रि राजकुमार त्रिपाठीको संयोजकत्वमा गठित सो समितिको उपसंयोजमा विनय अधिकारी रहेका छन् ।

सदस्य सचिव डा. मिन रानाभाट छन् भने यस्तै सदस्यहरुमा, राजन खकुरेल, कुष वस्नेत, रितेष निरौला, होमनाथ पौडेल छन् । सो विभागको सल्लाहाकारमा विश्वआर्दश पण्डित, चिरन शर्मा, शिवजी श्रेष्ठ, राजेन्द्र पुडासैनी, विज्ञान प्रसाई, शिव भण्डारी, पूर्ण लक्छम, केशव भण्डारी, रोशन सापकोटा, मोति भण्डारी, कलम गुरुङ, सूर्य तामाङ, धर्म तामाङ, लोक गुरुङ, सूर्य नेग्वाङ, युवराज गुरुङ, विनोद मोक्तान तोकिए ।

एनआरएनएका केन्द्रीय अध्यक्ष भवन भट्ट, गर्भन चिरन्जीबी नेपालको आतिथ्यमा आगामि हप्ता अल्डरशटमा आयोजना हुने अन्तरकृया कार्यक्रमलाई सफल पार्न उपाध्यक्ष शेर सुनारको संयोजकत्वका एक समिति गठन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले आपतकालिनकोष संस्थापना गर्न ३१ मार्चमा विषेश बक्सिगं च्यारीटी इभेन्ट गर्ने निर्णय गरेको छ । बैठकले साहारा यूकेद्धारा संचालित परोपकारी कार्यलाई सहयोग गर्न युवा संयोजक लाल बहादुर गुरुगंको संयोजकत्वमा एक समिति गठन गरिएको छ । साहाराद्धारा आयोजित च्यारीटी इभेन्टहरुलाई सहयोग गर्न आरके त्रिपाठी र पुनम गुरुगंको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरिएको छ ।

यस्तै बैठकले कार्यसमितिको रिक्त सदस्य पदमा शिव कंडेललाई मनोनयन गरेको छ । बैठकले गैरआवासीय नेपाली नागरिकताको आन्दोलनलाई प्रभावकारी वनाउने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले गैरआवासीय नेपाली संघ यूकेको भवन सम्वन्धि यसअघि प्रस्तावित परियोजनाका लागि पुनः आर्थिक संकलन गर्ने निर्णय गरेको छ।

बैठकले होमनाथ पौडेलको संयोजकत्वमा धार्मिक विभाग गठन गर्दै वेलायतमा एक धन्यान्चल विश्वशान्ति महायज्ञ गर्ने निर्णय गरेको छ ।
बैठकले एनआरएन यूकेको सदस्यता वितरण र भोटिङ अनलाइन मार्फत गर्ने निर्णय गर्दै एक उपसमिति गठन गरेको छ ।

बैठकले विद्यार्थी विभागका संयोजक जित रानाभाटद्धारा प्रस्तुत नियमावलीलाई अन्तिम रुपदिएको छ । यस्तै डा. दिलीप यादवलाई नेपालमा स्वास्थ्य सम्वन्धि जनचेतना कार्यक्रम संचालनको जिम्मा बैठकले दिएको छ ।

बैठकले ३ मार्चमा विषेश अन्तरक्रियाको कार्यक्रम आयोजना गरि महिला दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । २९ सेप्टेम्वरमा हुने एनआरएन यूके काउन्सिल वैठकको तयारीको लागि उपाध्यक्ष पुनम गुरुङलाई जिम्मा दिएको छ । बैठकले नेपाल पत्रकार महासंघ यूके र एनआरएन यूकेको सकृयतामा स्थापना भएको एनआरएन पत्रकारिता पुरस्कारकोषलाई व्यवस्थित गर्ने निर्णय गरेको छ ।