१३ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्री माथि एमाले नेताको रामधुलाई (भिडियो)

नेपालब्रिटेन डट कम्
१ माघ २०७४, सोमबार ०४:११

काठमाण्डौ । ऋषि धमलाले संचालन गर्ने कार्यक्रम धमलाको हमलामा एमाले नेता केशब बडाल र वाणिज्यमन्त्री मिन विश्वकर्माबिच हात हालाहालको अवस्था सृजना भएको छ ।
सरकारले अहिल्यै राजिनामा दिनुपर्ने वा प्रक्रिया पूरा गर्नुपर्ने भन्ने विषयलाई धमलाले बहसमा ल्याएका थिए । तर दुई नेताबिचमा कुरा बाझिदै जाँदा स्थिती तनाव बनेको थियो ।

जवाफ दिने क्रममा मन्त्री विश्वकर्माले सरकार छोड्ने प्रक्रिया पूरा गरेर मात्रै हस्तान्तरण गर्ने कुरा गर्ने क्रममा बडाललाई “कुरा नै नबुझि गाउँले पाराले तर्क दिएको” भनेपछि बडाल आक्रोषित बनेका थिए ।

बडालले शब्दफिर्ता लिएर माफी माग्न लगाएका थिए । तर मन्त्री विश्वकर्माले आफूले बोलेको कुरा सही भएको जिकिर गर्दै न त माफी माागे न फिर्ता नै लिए । त्यसपछि बडाल झन आक्रोषित बन्दै हात नै हालौँला झैँ गरे ।