रियो दि जेनेरिया । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) का युरोप प्रमुखलाई ब्राजिलमा जारी रियो ओलम्पिक खेलका टिकट बिक्रीमा घोटाला गरेको आरोपमा ब्राजिल प्रहरीले पक्राउ गरेको छ ।

आईओसीका युरोप प्रमुख प्याट्रिक जोसेफ हिकीलाई नगर प्रहरीले उहाँमाथि टिकट बिक्री प्रकरणमा बुधबार प्रहरी नियन्त्रणमा लिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ब्राजिल प्रहरीका प्रवक्ताले हिकीलाई प्रहरी नियन्त्रणमा लिएको पुष्टि गरे पनि अनुसन्धान जारी रहेको बताउदै तत्कालै थप जानकारी दिन नसकिने प्रतिक्रिया दिनुभएको छ ।