६ बैशाख २०८१, बिहीबार
Follow Us

बैदेशिक लगानी रोक्न आफु बिरुद्ध प्रचारवाजी भैरहेको छ : अजेय सुमार्गी

नेपालब्रिटेन डट कम्
१ माघ २०७४, सोमबार १४:१३

काठमाडौं । उद्यमी व्यवसायी अजेय सुमार्गीले आफुले ठुलो बैदेशिक लगानी नेपालमा भित्राउन प्रयास गरेको भन्दै त्यसलाई रोक्न आफु बिरुद्ध प्रचारवाजी भैरहेको बताएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुमार्गीले नेपालमा बैदेशिक लगानी रोक्ने र ब्ल्याकमेलिङ गर्ने उद्देश्यले आफूमाथि नियोजित आक्रमण भएको बताए । व्यवसायी सुमार्गीले आफूले प्रaचलित कानून पालना गरेको दावी गर्दै कुनै भ्रममा नपर्न आग्रह समेत गरेका छन् । सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफनो सञ्चारमाध्यममार्फत आफूलाई ब्ल्याकमेलिङ गरेको आरोप पनि लगाए । सिरोहियाले सञ्चार माध्यमको दुरुपयोग गरेर आफ्नो प्रतिष्ठामा आँच पुयाएको सुमार्गीको दाबी छ । ब्ल्याकमेलिङ प्रक्रियामा मिडिया सोसाइटी प्रयोग भएका भन्दै सुमार्गीले गुनासो समेत गरेका छन । आफु विरुद्धको नियोजित आक्रमणले कुनै मिडियालाई नजरना चढाएर मात्र व्यवसाय गर्न पाइने खराब नजिर बसेको सुमार्गीको जिकिर छ ।