८ बैशाख २०८१, शनिबार
Follow Us

स्लोभाकियामा ट्रेनको ठक्करले एक नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७३, बुधबार १५:५०

लन्डन । स्लोभाकियामा कार्यरत एक नेपालीको ट्रेनको ठक्करले मृत्यु भएको छ । सिन्धुपालछोक घर भएका ३९ बर्षिय दावा लामा (गौतम)को गत आइतवार सेनेक शहरमा भएको दुर्घटनामा घट्नास्थलमै मृत्यु भएको गैरआवासीय नेपाली सँघ जर्मनीका अध्यक्ष नवराज रोस्याराले जनाएका छन् । मृतक लामाको लास ब्राटिस्लावा को इन्स्टिट्युट अफ मेडिसिन, अस्पातलमा राखिएको एनआरएन जर्मनीले जनाएको छ । लामाको लास नेपाल पठाउनको लागि सहयोग जुटाउन गैरआवासीय नेपाली सँघका संरक्षक दिल गुरुङको संयोजकत्वमा एक समिति गठन गरिएको एनआरएन जर्मनीद्धारा बुधवारजारी विज्ञप्तीमा जनाएको छ ।

मृतकको लास नेपाल पठाउनको लागि लाग्ने करिब ५ हजार युरो संकलनका लागि सहयोग गर्न एनआरएन जर्मनीले अपिल गरेकोछ ।

Bank details:

Non-Resident Nepali Association Germany e.V.
IBAN: DE98 7001 0080 0647 9268 06
BIC: PBNKDEFF
Bank Name: Postbank
Account number:647 9268 06
Purpose: Help for Dawa Lama-1977-05-08